२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


देउवाले लिए विमान दुर्घटनामा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी


0
Shares

सभापति देउवा मंगलबार सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

पूर्वप्रधानमन्त्री देउवाले घाइतेसँगको भेटमा स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कन्जुस्याइँ नगर्न सरकारसँग आग्रह गरेका थिए ।

उनले दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारका साथै आवश्यक क्षतिपूर्ति दिलाउन सरकारसँग पहल गर्ने बताए ।

‘उपचारमा कुनै कमी आउन नदिन र आवश्यक क्षतिपूर्तिका लागि सरकारसँग आजै पहल गर्छु’–उनले भने ।

विमान सोमबार दिउँसो १४.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटना भएको थियो । रासस