
घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका–१, श्रीखन्डका ५२ वर्षीय मानप्रसाद भट्ट, ३५ वर्षीय गोविन्दप्रसाद भट्ट र ३५ वर्षीय गणेशदत्त भट्ट रहेका छन् ।
घाइतेमध्ये मानप्रसाद र गोविन्दको अवस्था गम्भीर रहेको प्रहरीचौकी गुरुखोलाका प्रहरी सहायक निरीक्षक जयसिंह भाटले जानकारी दिए ।
मानप्रसादको हात र मुखमा गम्भीर चोट लागेको छ भने गोविन्दप्रसादको ढाड र पेटमा चोट लागेको छ ।
गम्भीर घाइते दुवैजनालाई उपचारका लागि भारतको पिथौरागढ लगिएको छ भने गणेशदत्तको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बैतडीको श्रीखन्डमा ढुंगा निकाल्नेक्रममा मंगलबार दिउँसो १ बजेतिर एक्कासि माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर उनीहरु घाइते भएका हुन् ।
ढिस्कोमा पुरिएका घाइतेलाई प्रहरीचौकी गुरुखोलाबाट ग्रामीणगस्तीमा गएका प्रहरी र स्थानीयबासीले उद्धार गरेका थिए ।
गोविन्दको घर निर्माणका लागि उनीहरुले ढुंगा निकालिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्