२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


प्लाइउड उद्योगमा आगोलागी, ‘४० लाखको क्षति’


0
Shares

‘इभरग्रीन बम्बु इन्डष्ट्रिज’ नामक उद्योगमा केमिकल तताइरहेका बेला नजिकै रहेको विद्युत् ट्रान्समिटरमा आगो सल्केपछि विद्युत सर्ट भएर आगोलागी भएको प्रहरीले जनाएको छ ।

उद्योगका सन्चालक डम्बरदेव अर्यालकाअनुसार आगोलागीबाट थर्मप्लान्टसहित ४० लाख रुपैयाँ बढीको क्षति भएको छ ।

रामग्राम नगरपालिका र बुटवल उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएपछि उद्योगमा अझै ठूलो क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए ।