२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


ओखलढुङ्गामा बोलेरो दुर्घटना, चालकको मृत्यु


0
Shares

को२च १३४९ नम्बरको जीप सडकबाट तल खस्दा जीपका चालक सिद्धिचरण नगरपालिका–१ तलुवा बस्ने २१ वर्षीय शिवकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सह–चालक मानेभञ्जयाङ गाउँपालिका–७ टोक्सेलका १९ वर्षीय अर्जुन गौतम गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेको मिशन अस्पतालमा उपचार भईरहेको छ ।

ओखलढुङ्गाबाट बोइलर कुखुरा लिएर सोलुखुम्बुतर्फ जादै गरेको जीप बिहान ३ः३० बजे सिद्दिचरण नगरपालिका–११ स्थित सोलु–ओखलढुङ्गा सडकखण्डमा सय मिटर तल खसेर दुर्घटना भएको हो ।