Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


नगर क्षेत्रमा पानीको समस्या, ३३ परिवारका लागि पानीको स्रोत बनेको इनार सुक्यो


0
Shares

गर्मी याम शुरु भएसँगै ३३ घरपरिवारका लागि खानेपानीको सहारा बनेको एकमात्र इनारको पानी पनि सुक्न थालेपछि उनीहरु चिन्तित बनेका छन् ।

इनारबाट पर्याप्त पानी आउन छाडेपछि स्थानीयबासिन्दा पानीकै लागि भौंतारिन थालेका छन् । चैतदेखि जेठसम्म इनारको पानी सुक्ने भएकाले यो बस्तीमा खानेपानीको समस्या हुने गरेको भूमि अधिकार मञ्च चारघरेका अध्यक्ष नेत्र कार्कीले जानकारी दिए ।

बर्दिबास नगरपालिकाले पानीको समस्या समाधानका लागि आश्वासन दिए पनि अहिलेसम्म कुनै काम अगाडि नबढाएको स्थानीयको गुनासो छ ।