२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पहिलो सन्तानस्वरुप छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता


0
Shares

महानगरपालिकाले एक कार्यक्रमकाबीच पहिले छोरी जन्माउने १५ जना आमालाई प्रोत्साहन भत्तास्वरुप जनही ३ हजार रुपैयाँ प्रदान गरेको हो ।

जनप्रतिनिधि वहाली भएसँगै महानगरपालिकाले परिषद्मा बजेट छुट्याएर प्रोत्साहन भत्ता दिइने व्यवस्था गरेको हो । महानगरपालिकाका मेयर भिम पराजुली तथा उपमेयर इन्दिरा कार्कीले संयुक्त रुपमा पहिलो छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता प्रदान गरे ।

समाजमा छोरा र छोरीबीच देखिने विभेद अन्त्य गर्न महानगरपालिकाले यो अभियान प्रारम्भ गरेको हो । प्रोत्साहन भत्ता पाउन महानगरपालिकाले चारवटा मापदण्ड बनाएको छ ।

नेपाली नागरिक हुनुपर्ने, २० वर्षपछि विवाह गर्ने, गर्भावस्थामा नियमित चारपटक स्वास्थ्य जाँच गराउने तथा स्वास्थ्यकेन्द्रमा प्रसुति गराउनेलाई महानगरपालिकाले प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको छ ।