१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


आन्तरिक विवादका कारण नेकपा सचिवालय बैठक मंगलबार पनि स्थगित


0
Shares

काठमाडौं, मंसिर १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आन्तरिक विवादका कारण पटक–पटक स्थगित भइरहेको छ । आन्तरिक विवाद समाधान गरी मंगलबार सचिवालय बैठक बस्ने तय भए पनि अन्तिम समयमा स्थगित भयो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा सचिवालय बैठक बुधबार बस्ने बताए । नेताहरुको आन्तरिक तयारी एवं कार्यव्यस्तताका कारण मंगलबारको बैठक स्थगित भएको उनले बताए ।

प्रदेश कमिटी गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्युरो कमिटी गठन, जिल्ला एवं जनवर्गीय संगठनहरुको एकता लगायतका कार्यमा विवाद भएपछि समाधानका लागि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जिम्मेवारी दिइएको थियो । –राजधानी दैनिकबाट