१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


विश्वकप छनोट क्रिकेटः नेपालले आज पपुवा न्यूगिनीसँग खेल्ने


0
Shares

काठमाडौं, चैत १ । विश्वकप छनोट क्रिकेट प्रतियोगिताको प्ले अफ्मा नेपालले आज पपुवा न्यूगिनीसँग खेल्दैछ ।

जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको सुपरसिक्समा पुग्न असफल चार टोलीले सातौंदेखि दशौं स्थानासम्मको टुंगो लगाउन प्लेअफ खेल्न लागेका हुन् । आजै हुने अर्को खेलमा नेदरल्याण्ड्स र हङकङ भिड्दैछन् ।

नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे शुरु हुने छ । पपुवा न्युगिनीविरुद्धको आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउन नेपालले पपुवा न्यूगिनीसँग कम्तिमा खेल नहार्नु पर्छ ।

नेपालको जित र अर्को खेलमा हङकङको हारले नेपालको एक दिवसीय हैसियत निश्चित हुनेछ । यदि नेपालसँगै हङकङ पनि विजयी भए नेपालले फेरि हङकङलाई पनि हराउनुपर्ने हुन्छ ।

विश्वकप छनोट खेलेका पाँच एशोसिएट देशमध्ये शीर्ष तीनले एक दिवसीय मान्यता पाउने छन् भने पुछारमा रहने दुई टिम डिभिजन टू मा घटुवा हुनेछन् ।

आजको खेलमा पराजित भएको खण्डमा नेपाल डिभिजन टु मा समेत घटुवा हुनसक्छ ।