
फर्स्ट सोलिभानले बिहीबार राजधानीमा गरेको सार्कस्तरीय उद्यमीहरुको भेलामा उनीहरुले आपसी व्यापारिक अनुभव आदान–प्रदानमा जोड दिएका हुन् ।
उद्यमी तथा एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोले सार्क क्षेत्रमा उद्यमको प्रशस्त सम्भावना रहेको भन्दै सार्क क्षेत्रका उद्यमीहरुको एकतामा जोड दिए ।
उनले सार्क क्षेत्रमध्ये नेपाल उद्योगधन्दाको क्षेत्रमा पछाडि परेको भन्दै लगानीका लागि सार्क क्षेत्रका उद्योगीहरुलाई आह्वान गरे ।
युवाउद्यमी निर्माण चौधरीले सार्क क्षेत्रका युवाउद्यमीहरुलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
उनले अहिलेको समयमा उद्योगका क्षेत्रमा विभिन्न चुनौती थपिँदै गएको भन्दै चुनौतीको सामना गरेर र्साक क्षेत्रका व्यापारी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सम्मेलनमा भारत, पाकिस्तान, श्रीलका, माल्दिभ्स, अफगानिस्तानका उद्यमीहरु सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्