२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


म टुरिस्ट नेताभित्र पर्छु : दाहाल


0
Shares

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले पर्यटन क्षेत्रको विकास गराउनकै लागि आफू देशका विभिन्न ठाउमा घुम्न जाने गरेको उल्लेख गरे ।

‘देशमा भएका पार्टीका नेताहरुमध्ये म टुरिस्ट नेताभित्र पर्छु । म प्रधानमन्त्री हुँदापनि पछिल्लोपटक एभरेस्ट बेसक्याप, अन्नपूर्ण बेसक्याप, हुम्लाको हिल्सा, कन्चनपुरको सुक्खा बन्दरगाह, झापाको सबैभन्दा होचो ठाउँ, धनुषाको भ्रमण गरें’–उनले भने–‘यो सबै मैले पर्यटन विकासको सम्भावना पनि हेर्ने र आफूले पयर्टनको आनन्द पनि उठाउने हिसाबले गर्ने गरेको छु ।’

उनले अगाडि भने–‘थोरैपनि समय पायो कि म नेपालका सबैभन्दा सुन्दर ठाउँहरु अवलोकन गर्छु र त्यो विकासलाई नै जोडेर गर्ने गरेको छु ।’

कार्यक्रममा नेकपा एमालेका नेता एवं पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल र माओवादी केन्द्रका नेता अग्नि सापकोटाले पर्यटनको विकास गराउने सम्भावनाहरुको खोजी गर्नुपर्ने बताए ।

सो अवसरमा पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याएका १८ जनालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा होटल व्यावसायी, ट्रेकिङ व्यवसायी, र्‍याफ्टिङ व्यवसायी, थांका व्यवसायी र पत्रकारहरु रहेका छन् ।