२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


घरबाटै चकटी बोकेर विद्यालय जानुपर्ने बाध्यता


0
Shares

२०५३ सालमा स्थापित यो विद्यालयका कक्षाकोठामा डेस्क र बेञ्च नहुँदा विद्यार्थीहरु भूइँमै बसेर पढ्न बाध्य भएका छन् । कतिपय विद्यार्थीले घरबाटै चकटी लिएर आउने गरेका छन् ।

विद्यालय प्रशासनले विद्यार्थी बस्न कुनै पनि व्यवस्था गर्न सकेको छैन । विद्यालयको कार्यालयमा दुई÷चार वटा प्लास्टिकका कुर्सी राखिएका छन् भने कक्षा कोठा रित्तै छन् ।

दिनभर लगातार भूईंमा बसेर पठनपाठन गर्नुपर्दा आफूहरुलाई समस्या भएको गुनासो विद्यार्थीले गरेका छन् ।

विद्यालयको भौतिक पूर्वाधार निर्माणमा शिक्षक र व्यवस्थापन समितिले बेवास्ता गरेको अभिभावकहरुको आरोप छ । १६४ विद्यार्थी रहेको यो विद्यालयमा शिक्षक र कर्मचारी गरी ५ जना कार्यरत छन् ।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर जप्रेले स्थापनाकालदेखि नै भौतिक संरचनामा कमजोर रहेको विद्यालयको भवन स्थानीयको सहयोगमा निर्माण गरिए पनि फर्निचरको व्यवस्था गर्न नसकिएको बताए ।