२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


चाँडै नै भू–उपयोगी ऐन ल्याइन्छ : अर्थमन्त्री


0
Shares

शुक्रबार राजधानीमा नगरपालिका संघले गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले प्राकृतिक स्रोत–साधनमा व्यक्तिको एकल अधिकार हुने विषयलाई निरुत्साहित गर्ने गरी कानुन बनाउनुपर्ने बताए ।

उनले स्थानीय सरकारले एक साताभित्र नेपाल सरकारबाट पाउने वित्तीय हस्तान्तरण प्राप्त गरिसक्ने पनि जानकारी दिए ।

कार्यक्रममा प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले पछि बनेका नगरपालिकाहरुमा कर्मचारीको अभाव भइरहेको बताए ।

स्थानीय सरकारले बनाएको कानुन कसैले पनि नर्कान नसक्ने भन्दै उनले ‘स्थानीय तहले प्राप्त गरेको अधिकार संस्थागत गर्नु नै स्थानीय सरकारको मूख्य चुनौती हो’–भने ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट स्थानीय तहमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।