
काठमाडौं, चैत ३ । घोडेजात्राका अवसरमा आज काठमाडौंका टोलटोलका बालबालिकालाई मरहजा खुवाइएको छ ।
काठमाडौंका नेवार समुदायमा घोडेजात्राका दिन बालबालिको सुस्वास्थ्यको कामना गर्दै मरहजा खुवाउने परम्परा छ ।
यसैबीच काठमाडौंको भीमसेनस्थानस्थित मनमानेश्वरी मानन्धर गुठीले स्थानीय बालवालिकालाई मरहजा खुवाएको छ ।
परापूर्वकालदेखिनै वालवालिकालाई कुनै पनि रोगव्याध नलागोस् भनेर मरहजा खुवाउने चलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्