Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


0
Shares

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा२ख ५६७५ नम्बरको मिनिबसले विपरीत दिशाबाट आएको बा७२प ४७८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप जिल्ला चिसापानी–४ का बालकृष्ण श्रेष्ठको उपचारकाक्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

प्रहरीकाअनुसार सो मिनिबसलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको छ भने चालक इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेका छन् । रासस