
नेकपा एमाले इलामको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा उनले तीन तहको निर्वाचनसँगै देशले नयाँ संविधानअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पाइसकेको भन्दै उनले संविधान कार्यान्वयनको चरणमा अघि बढिसकेको बताए ।
‘१० वर्ष लगाएर बनाइएको नेपालको संविधान विश्वकै उत्कृष्ठ संविधान हो,’ खनालले भने, ‘देशले अब संविधान कार्यान्वयनको चरण पार गर्दैछ ।’
स्थायी सरकार भएकाले दिगो विकास र आर्थिक समृद्धि नै अबको लक्ष्य रहेको उनको भनाइ थियो ।
स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिँदै उनले तालमेलविना विकास हुन नसक्ने बताए । कुनै क्षेत्र र जिल्लाको मात्र विकास भएर सिंगो देशको विकास हुन नसक्ने बताउँदै खनालले सबै ठाउँको समानुपातिक विकास हुनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्