२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन प्राध्यापक डा.भद्ररत्न बज्राचार्यको निधन


0
Shares

शनिबार राति लुम्बिनीस्थित गेष्टहाउसमा हृदयघातबाट उनको निधन भएको हो ।

बज्राचार्यको शव लुम्बिनीबाट काठमाडौं ल्याएर धोवीघाटस्थित निवासमा राखिएको छ ।

उनको आइतबार साँझ अन्त्यष्टी गरिने पारिवारिक स्रोतले बताएको छ ।

इतिहासविद एवं बौद्ध दर्शनविद प्रा.डा.बज्राचार्यको शवलाई आजै लुम्बिनीबाट ल्याएर ललितपुरको धोवीघाटस्थित निवासमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । उनका दुई छोरा र दुई छोरी छन् ।