
गएराति भएको क्वाटरफाइनल खेलमा चेल्सीले लेष्टर सिटीलाई अतिरिक्त समयमा पराजित ग¥यो । खेलको ४२ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै चेल्सीलाई अग्रता दिए पनि ७६ औं मिनेटमा जेमी भार्डीले एक गोल फर्काउँदै खेल बराबरी गरेका थिए ।
यसपछि अतिरिक्त समयमा पेड्रोले गोल गर्दैै चेल्सीलाई २–१ ले विजयी गराए ।
चेल्सीले अब सेमिफाइनलमा साउथह्याम्पटनको सामना गर्नेछ ।
क्वाटरफाइनलमा विगान एथ्लेटिकलाई २–० ले हराउँदै साउथह्याम्पटन सेमिफाइनलमा पुगेको हो । खेलमा साउथ ह्याम्पटनलाई विजयी गराउन होएबर्ग र सोआरेसले एक–एक गोल गरे ।
एफए कप फुटबलको अर्को सेमिफाइनलमा म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर भिडनेछन् ।
प्रतिक्रिया दिनुहोस्