२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दाताकै भरमा गुरुकुल विद्यालय सञ्चालन हुँदै


0
Shares

महायज्ञबाट संकलित रकम तथा स्थानीय दाताको सहयोगमा गुरुकूल सञ्चालनमा ल्याइएको हो । २०४३ सालमा शिव पुस्तकालयबाट शुरु गरिएको यो पाठशाला नेपालकै पहिलो गुरुकुल विद्यालय हो ।

गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीलाई खानको व्यवस्था गर्न यहाँ बर्सेनि अन्न संकलनका लागि यज्ञ गर्ने गरिएको छ । यो विद्यालयमा कक्षा ६ देखि १० सम्म पढाई हुने गर्छ ।

विद्यालयका लागि सरकारले केही शिक्षक दरबन्दी दिए पनि पर्याप्त भने छैन । गुरुकुलमा पढ्न आएकासँग रकम नलिइने भएकाले भोजन गराउन समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक बाबुराम गौतमले बताए ।

करिब १ सय जना विद्यार्थी अध्ययन गर्ने यो विद्यालयमा अनिवार्य विषयबाहेक संस्कृतसमेत पढाई हुने गर्दछ ।