२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राजनीतिक लडाइँ सकियो, अब देश बनाउन सबै लाग्नुपर्छ : गच्छदार


0
Shares

सोमबार चितवनको भरतपुरस्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रको निरीक्षणकाक्रममा उनले राजनीतिक लडाइँ सकिएको भन्दै अब देश बनाउने अभियानमा लाग्नुपर्ने बताए ।

‘लामो राजनीतिक लडाइँपछि संघीय गणतन्त्र मुलुकमा आयो । देशमा द्वन्द्व–विवाद कुनै छैन । राजनीतिक लडाइँ सकियो’–उनले भने ।

नेता गच्छदारले अब देश बनाउने महत्वपूर्ण समय आएको बताउँदै यसमा सबै लाग्नुपर्ने उल्लेख गरे ।

उनले वाम गठबन्धनको सरकारबाट कोहीपनि डराउन नपर्ने बताए ।

संविधानभन्दा कोहीपनि मागि हुन नसक्ने भन्दै उनले ‘आकाश नै खस्लाजस्तो डराउन आवश्यक नरहेको’ बताए ।