२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कानुनमन्त्री तामाङको सम्पत्ति कति ? ७० लाख ऋण


0
Shares

सामान्यतः मन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गर्ने भएपनि मन्त्री तामाङले भने सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् ।

मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनकी पत्नी उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा ३ आना ३ पैसा २ दाममा बनेको एउटा घर रहेको छ ।

तामाङको नाममा काठमाडौं महानगरपालिका–९ मा ६ आना २ पैसा र १ दाम जग्गा रहेको देखाइएको छ ।

यस्तै, मोरङमा साढे ३ विगाह जमिन, सिन्धुपाल्चोकको सिन्धुकोटमा पाखोबारी र खेतहरु देखाइएको छ । यस्तै, उषाकलाकै नाममा खोटाङमा पनि जग्गा रहेको छ ।

मन्त्री तामाङसँग ३० तोला सुन र विभिन्न कम्पनीका १५ लाख बराबरको सेयर रहेको छ ।

कृषि विकास बैंकको ४० लाख र अरु बैंकहरुमा ३० लाख गरी ७० लाख रुपैयाँ ऋण रहेको पनि देखाइएको छ ।

तामाङसँग एउटा गाडी, एउटा मोटरसाइकल, दुईथान ल्यापटप र दुईओटा मोबाइल सेट रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा देखाइएको छ ।