२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एस्टोरीको नाममा एकेडेमी, १३ नम्बरको जर्सी अब कसैलाई नदिने


0
Shares

क्लबले दिएको जानकारीअनुसार हृदयाघातबाट निधन भएका डिफेन्डर एस्टोरीलाई सम्मानस्वरुप एकेडेमीको नामाकरण गर्न लागिएको हो ।

एस्टोरी इटालियन क्लब एसी मिलानको युथ प्रणालीबाट व्यावसायिक फुटबलमा उदाएका थिए ।

एसी मिलानपछि काग्लीआरीबाट खेलेका एस्टोरी पछिल्लो दुई वर्षदेखि फियोरेन्टिनाका कप्तान थिए ।

फियोरेन्टिना फुटबल क्लबले एकेडेमीको नाम ‘सेन्ट्रो स्पोर्टिभो डेभिडे एस्टोरी’ राख्ने भएको हो ।

साथै, क्लबले एस्टोरीले लगाउने १३ नम्बरको जर्सी अबदेखि कसैलाई पनि नदिने भएको छ । (एजेन्सी)