
सोक्रममा अध्यामगन कार्यालयको यात्री विदेशिने डेक्समा जम्मा चारजना कर्मचारीमात्रै उपस्थित रहेका थिए ।
सो डेक्समा आवश्यकताअनुसार १५ जनासम्म कर्मचारी खटिने गरेकामा निरीक्षणकाक्रममा तीनजना कर्मचारी अनुपस्थित भेटिएका थिए ।
अनुपस्थित कर्मचारीको विवरण लिइ त्यसलाई तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइने बताउँदै गृहमन्त्री थापाले विमानस्थलको सुरक्षाजाँच, भन्सार, सीसीटीभी क्यामेरा अनुगमन डेस्कलगायतका विषयमासमेत जानकारी लिए ।
गृहमन्त्री थापाले विमानस्थलको सुरक्षामा संवेदनशील हुन र सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा अधिकारीलाई निर्देशन पनि दिए ।
छड्केपछि सन्चारकर्मीसँगको कुराकानीमा गृहमन्त्री थापाले विमानस्थल र अध्यागमन कार्यालयको सुधारलाई आफूले प्राथमिकतामा राखेको बताए ।
उनले यसभित्रका गलत प्रवृत्तिबारे आफू जानकार रहेको बताउँदै त्यस्ता प्रवृत्तिहरु अब देखिएमा सो कार्यमा संलग्न जोसुकैलाई पनि कारबाहीको दायरमा ल्याउने स्पस्ट पारे ।
‘यहाँबाट मानव तस्करीदेखि अवैध वस्तुको तस्करीसम्म हुने गरेको जानकारी आफूले पाएको छु, यदि त्यस्तो सञ्जाल रहेछ भन्ने त्यसलाई आफूले तोड्नेछु’–गृहमन्त्री थापाले भने । रासस
प्रतिक्रिया दिनुहोस्