
पहिलो चरणमा यही चैत १२ गतेदेखि जिल्लाका ६ वटा स्थानीय तहमा हात्तीपाईले रोगीको खोजी गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोस पाण्डेयले जानकारी दिए । पहिलो चरणमा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा उक्त अभियान सञ्चालन हुने जनाइएको छ ।
चैत १४ गतेसम्म सञ्चालन गते उक्त अभियानमा महिला स्वयंमसेविकाले घर घरमा गएर हाईड्रोसिल तथा हात खुट्टा सुन्निएको बिरामीको खोजी गर्ने हेल्थ असिस्टेन्ट पाण्डेयले बताए । हात्तीपाईतेका बिरामी खोजी अभियानमा ४८३ महिला स्वयंमसेविका र २५० स्वास्थ्यकर्मी गरी ७३३ जनशक्ति परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
पहिलो चरणको खोजी अभियान सकिएलगत्तै दोगडाकेदार, डिलाशैनी,सिगास र पुर्चौडीमा दोस्रो चरण अन्तर्गत खोजी अभियान सञ्चालन गरिने भएको छ ।
६ वर्षसम्म हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाएपछी बैतडीमा अझै पनि हुनसक्ने भन्दै खोजीगर्ने भएको हो । यो अभियानले हात्तीपाइले रोगविरुद्धका औषधी अभियानको प्रभावकारिता कस्तो भयो भनेर थाहा हुने जनाएको छ ।
हात्तीपाइले रोगका बिरामीमा हात खुट्टा सुन्निएकाको उपचार गरिन्छ भने हाईड्रोसिल भेट्टिएमा जिल्ला अस्पताल बैतडीमा जुनसुकै समयमा पनि निशुल्क रुपमा अप्रेशन गरिने हेल्थ असिस्टेन्ट पाण्डेयले बताए ।
यस्तो किसिमका बिरामीले महिला स्वयंमसेविका तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आउन जिल्ला स्वास्थ्य कार्यालय बैतडीले अनुरोध गरेको छ । यसका साथै यो अभियान सम्पन्न भएपछि जिल्ला स्वास्थ्य कार्यालयमा हाईड्रोसिल शल्यक्रियाकोे निःशुल्क शिविर बस्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्