२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवस मनाइयो


0
Shares

राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवल र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजनामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

जातीय विभेदकाविरुद्ध सबैले साझा अभियान बनाएर काम गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

नेपालमा कानुन भएपनि कार्यान्वयन हुन नसकेको भन्दै अझैपनि दबाबको खाँचो रहेको दलित सामाजिक विकास केन्द्रका अध्यक्ष रामशरण रैदासले बताए ।

दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले सहरमा गोरा जातिको विभेदकाविरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना काला जातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानवअधिकारको हनन् ठहर गर्दै सन् १९६५ मा सबै प्रकारका जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । नेपालले सन् १९७१ मा यो महासन्धिको अनुमोदन गरेको हो ।