२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


कडा कानुन आवश्यक : अध्यक्ष तिमिल्सिना


0
Shares

बुधबार नेपाल पत्रकार महासंघ कास्कीद्वारा पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारीलाई कारबाही गरी सुशासन स्थापना र कानुन निर्माणका लागि सहजीकरण गर्ने कुरामा जोड दिए ।

सरकारी कामकाज झन्झटिलो हुँदा मुलुकमा भ्रष्टाचार मौलाउँदै गएकाले कडा कानुन आवश्यक रहेको उनको भनाइ थियो ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा प्रतिनिधिसभाको छायाँ नभइ एउटै सिक्काका दुई पाटा भएको र सरकारले हरेक क्षेत्रमा प्रमुख प्रतिपक्षी दलको सकरात्मक सुझाव लिएर काम गर्नुपर्ने बताए ।