Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रदेश २ सरकारले आफूखुशी विधेयक संशोधन गर्न खोज्दा विरोध


0
Shares

जनकपुर, मंसिर ९ । प्रदेश नम्बर २ का सांसदहरुले संशोधन प्रस्ताव नै नपरेको विधेयक आफूखुशी संशोधन गर्न खोजेको भन्दै विरोध जनाएका छन् ।

आज बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारले करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धी विधेयक प्रस्तुत गरेको भन्दै सांसदहरुले विरोध जनाएका हन् । प्रमुख प्रतिपक्षी दलका सदस्य सुन्दर विश्वकर्माले विरोध गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो ।

पछि संशोधनमा नपरेको बुँदा हटाएपछि बैठक पुनः सुचारु भएको थियो ।

प्रदेश सरकारको कर्मचारी भर्ना सम्बन्धी विधेयक सदनमा दर्ता हुँदा कर्मचारी छनौट समितिका अध्यक्ष प्रदेशको प्रमुख सचिव रहने व्यवस्था रहे पनि सदनमा छलफलका लागि ल्याउँदा अध्यक्ष मुख्य न्यायाधिवक्ता रहने व्यवस्था गरिएको छ ।