Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


कर्मचारी समायोजन नहुँदा सरकारले अपेक्षित काम गर्न सकेन : मुख्यमन्त्री पोखरेल


0
Shares

काठमाडौं, मंसिर ९ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थायी सरकार मानिने कर्मचारीतन्त्र नै अस्थिर अवस्थामा रहेको बताएका छन् ।

सुशासन र आर्थिक समृद्धि सम्बन्धी राजधानीमा आयोजित राष्ट्रिय गोष्ठीमा बोल्दै उनले कर्मचारी समायोजनको काम नसकिंदा स्थायी सरकारबाट अपेक्षित काम हुन नसकेको उल्लेख गरे ।

मुख्यमन्त्री पोखरेलले सरकार यतिबेला प्रशासनिक जटिलता समाधान गर्नेतर्फ नै व्यस्त रहेको बताए । सुशासन र समृद्धिका लागि प्रशासनिक जटिलता जतिसक्दो छिटो समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

म्ुख्यमन्त्री पोखरेलले परिवर्तनका उपलब्धिलाई जोगाउनुपर्ने भएकाले मुख्य एजेण्डामा दलहरुबीच सहकार्य हुनुपर्ने धारणा राखे ।