
सोमबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले विधेयक प्रस्तुत् गरेका हुन् ।
प्रदेश सन्चित कोष तथा सरकारी कोषको सन्चालन, बजेटको तर्जुमा, निकासा तथा खर्च गर्ने, लेखा राख्नेलगायतका सम्बन्धमा आवश्यक कानुनी व्यवस्था वान्छनीय भएकाले विधेयक पेस गरिएको जनाइएको छ ।
बैठक सुरु भएपछि नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले आफ्नो पार्टीले प्रमुख प्रतिपक्षीको मान्यता पाउनुपर्ने भन्दै उठेर विरोध जनाएका थिए ।
प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्