
काठमाडौं, चैत १३ । प्रधानमन्त्री केपी ओलीले आज नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई सामूहिकरुपमा भेटेर आफ्नो सरकारको विदेश नीति र विकास साझेदारीका विषयमा ब्रिफिङ गरेका छन् ।
नयाँ सरकार बनेपछि गरिने यस्ता भेटघाटलाई कूटनीतिक बृत्तमा निकै महत्वका साथ हेरिन्छ ।
यद्यपि नेपाली जनमानसमा भने अहिले पनि यस्तो भेटघाटले भन्दा युरोपेली यूनियनको निर्वाचन पर्यवेक्षणसम्बन्धी विवादस्पद प्रतिवेदनदेखि राजदूतहरुका दौडले बढी चर्चा पाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्