१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


कन्काई नगरपालिकाले सुरु गर्‍यो ज्येष्ठ नागरिकको निःशुल्क बिमा


0
Shares

बुधबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गर्दै ज्येष्ठ नागरिक र पूर्णरुपमा अपांगता भएका व्यक्तिको निःशुल्क बिमा सुरु गरिएको हो ।

नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगरमा रहेका ज्येष्ठ नागरिकलाई बिमाबापतको रकम हस्तान्तरण गरेर कार्यक्रमको सुरुआत गरे ।

धेरै ज्येष्ठ नागरिकले आफूहरुले औषधि उपचार नपाएर छट्पटाइरहेको गुनासो गरेकाले पहिलो नगर परिषदबाटै यो कार्यक्रम स्वीकृत गरी लागू गरेको नगरप्रमुख पोखरेलले जानकारी दिए ।

सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत्का स्वास्थ्य बिमा गराउने परिवारभित्र रहेका एकजान ज्येष्ठ नागरिक बराबर ५०० रुपैयाँ दिइनेछ । जसका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगर क्षेत्रमा २ हजार २१३ जना ज्येष्ठ नागरिक, १२४ जना दलित ज्येष्ठ नागरिक, ९० जना पूर्ण अपांगता र ३९० जना एकल महिला रहेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।