२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पाठेघरको मुखको क्यान्सर बढ्दो (भिडियो)


0
Shares

समयमै उपचार गर्ने हो भने पूर्ण रुपमा सन्चो हुने रोगलाई महिलाले खुलेर बाहिर ल्याउन नसक्दा धेरै महिला पाठेघरको मुखको क्यान्सरबाट प्रभावित भएका छन् ।

पापिलोमा भन्ने भाइरसका कारण देखिने पाठेघरको मुखको क्यान्सर महिलाहरुमा देखिने हुने पहिलो नम्बरको क्यान्सर हो । धेरै व्यक्तिसँग यौन सम्पर्क गर्ने महिलाहरुमा यसको जोखिम उच्च हुन्छ । त्यसैगरी सानै उमेरमा धेरै सन्तान जन्माउने महिला पनि पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेको चिकित्सकहरु बताउँछन् ।

शहरी क्षेत्रमा महिलाहरु आफूलाई जानकारी भए पनि खुलेर आउन नसक्दा बढी प्रभावित भएका छन् । वीर अस्पताले सञ्चालन गरेको स्वास्थ्य शिविरमा आएका महिलाहरुले समेत आफूलाई परेको समस्या खुलेर चिकित्सकरुलाई भन्न सकेका थिएनन् । रोग अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल जाने महिलाहरु आफ्नै ठाउँमा निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाउँदा निकै खुसी देखिएका थिए ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्