
खड्कालाई उनका पुत्र अनुराग खड्काले दागबत्ती दिएका थिए ।
त्यसअघि पूर्व गृहमन्त्री समेत रहेका खड्कालाई सशस्त्र प्रहरीको एउटा टुकडीले अन्तिम सलामी दिएको थियो ।
गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा खड्काको निधन भएको थियो । खड्काको पार्थिव शरीर शनिबार बेलुका नेपाल ल्याई सानेपास्थित खड्काको निवासमा राखिएको थियो ।
आइतबार बिहानैदेखि खड्का निवासमै पुगेर आफन्त, शुभेच्छुक तथा कांग्रेस कार्यकर्ताले श्रद्धाञ्जली दिएका थिए । त्यसपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको थियो ।
प्रजातन्त्रका लागि लामो समय संघर्ष गरेका खड्का पटक–पटक मन्त्री बनेका थिए । पञ्चायती व्यवस्थाविरुद्ध लामो समय आन्दोलनमा होमिएका खड्का पार्टीमा पनि राम्रो पकड जमाउन सफल नेता थिए ।
खड्काका श्रीमती, एक छोरा र एक छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्