३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


मालपोतमा अनलाइन प्रणाली : दक्ष जनशक्ति नहुँदा सेवाग्राहीलाई मर्का (भिडियो)


0
Shares

विवेक भण्डारी

नवलपुर, मंसिर ७ । नवलपुरको मालपोत कार्यालय, कावासोतीमा अनलाइन प्रणाली सञ्चालनका लागि दक्ष जनशक्ति नहुँदा सेवाग्राही मर्कामा परेका छन् । पहिलेभन्दा सहज रुपमा सेवा पाइने भन्दै हौसिएका सेवाग्राही अनलाइन प्रणालीमार्फत् प्रभावकारी सेवा नपाउँदा भने जिल्लिएका हुन् ।

प्रविधिको बढ्दो प्रयोगसँगै सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले भूमिसुधार मन्त्रालयले मालपोत कार्यालयलाई अनलाइन प्रणालीमा सञ्चालन गर्न निर्देशन दिएको थियो । अहिले अधिकांश मालपोत कार्यालयमा यसको प्रयोग भइरहेको छ । तर नवलपुरको कावासोतीस्थित मालपोत कार्यालयमा दक्ष कर्मचारीको अभाव हुँदा यो प्रणाली निल्नु न ओकल्नुजस्तै बनेको छ ।

विशेष गरी मालपोत कार्यालयमा जग्गा नामसारी, कित्ताकाटलगायतका फर्महरु अनलाइनबाट भर्ने र जग्गा धनीको विवरण राख्नुपर्ने हुन्छ । दक्ष कर्मचारी नहुँदा पहिले एक दिनमा हुने कामलाई अहिले ४ दिनसम्म कुर्नुपरेको सेवाग्राहीको गुनासो छ ।

विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्