२ असार २०८२, सोमबार | Tue Jun 17 2025


चारकिलोमा पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध


0
Shares

चितवन, असार १३ । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उनले थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा पन्छाउन सकिने बताए ।

सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो ।

बेलुका ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुले हैरानी बेहोरेका थिए । आजबिहान पुनः पहिरो खसेपछि यात्रु रोकिएका छन् ।

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडकखण्ड पनि हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भएपनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ । (रासस)