
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र विधान मस्यौदा कार्यदलले आ–आफ्नो प्रतिवेदन बुझाएका हुन् ।
दुवै कार्यदलले पार्टी एकीकरणको घोषणा आगामी वैशाख ९ गते गर्न उपयुक्त हुने सुझाव दिएको र त्यसलाई पार्टी एकता संयोजन समितिले सकारात्मकरुपमा लिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पार्टी एकताको विषयमा लगभग सहमति जुटेको तर केन्द्रीय कमिटीमा समावेश हुने संख्याको अनुपात, ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा समान धारणा बनाउन बाँकी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्