२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतका राष्ट्रपतिसँग ओलीको शिष्टाचार भेटवार्ता, राष्ट्रपति भवनमा स्वागत


0
Shares

भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिबार बिहान राष्ट्रपति भवन मै सम्मान गारतपछि राष्ट्रपति कोविन्दसँग शिष्टाचार भेट गरेका हुन् ।

भारतीय राष्ट्रपति कोविन्दले नेपाल–भारत मित्रतालाई बढावा दिएकोमा प्रधानमन्त्री ओलीको प्रशंसा गरेका छन् ।

उनले नेपाल र भारतबीच विद्यमान मित्रता र सहयोग विश्वका अन्य कुनै मुलुकमा नभएको पनि बताए । दुवै देशबीच बारम्बार हुने उच्चस्चरीय राजनीतिक भ्रमणले नै नेपाल र भारतको विशेष सम्बन्धलाई प्रष्ट्याउने गरेको उनको भनाइ थियो ।

राष्ट्रपति कोविन्दले नेपालको स्थायी स्थिरता, आर्थिक समृद्धि नै भारतको चाहना रहेको प्रष्ट पार्दै नेपालको प्राथमिकताअनुसार सहयोग गर्न भारत सदा तयार रहेको बताए ।

तस्वीर : भारतीय राष्ट्रपतिको कार्यालय