
आइतबार राजधानीमा पाँचौं वार्षिक साधारणसभाका अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघले गरेको कार्यक्रममा महासंघका प्रवक्ता मनोजकुमार साहले स्पस्ट ऐनको माग गरेका हुन् ।
अहिले अन्योलको वातावरणमा व्यवसाय सन्चालन हुँदै आएको भन्दै उनले छिटोभन्दा छिटो समग्र व्यवसायको विकास गर्ने वातावरणको निर्माण गरिनुपर्नेमा जोड दिए ।
उपभोक्ताहरुको चाहना र आवश्यकतालाई पूरा गर्न तथा व्यावसायिक सीप र कार्यदक्षता अभिवृद्धि गरी मर्यादित व्यवसाय बनाइ अगाडि बढ्ने प्रतिबद्धता महासंघले गरेको छ ।
महासंघमा देशभरिका २२ हजार व्यवसायी आबद्ध रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्