
स्थानीयलाई सजीलो तरिकाले कण्डम उपलब्ध गराउने उद्देश्यले कण्डम राख्ने बाकस बनाईएका हुन् ।
कतिपयले स्वास्थ्यकर्मीसँग अझै पनि कण्डम माग्न सक्दैनन् । संकोचका कारण कण्डम माग्न नसक्नेहरुका लागि सजिलो होस् भन्ने उद्देश्यले सरकारले प्रत्यक स्वास्थ्य चौकी तथा स्वास्थ्य संघसंस्थाहरुमा कण्डम राख्ने बाकस राखेको हो ।
कण्डम राख्ने बाकस सबै स्वास्थ्य चौकी र उपस्वस्थ्य चौकीमा भए पनि रित्तो बाकसमात्रै हुने गरेको स्थानीयले गुनासो गरेका छन् । बुंगल नगरपालिकाका धनराज विकले स्वास्थ्य चौकीको बाहिरपट्टी झुण्ड्याईएको बाकमा कण्डम लिनका लागिमात्रै दुई दिन धाउँदासमेत बाकस रित्तो भएर फर्किएको गुनासो गरे ।
बाकसको बाहिरपट्टी ‘चाहिएजति लानुहोस्’ भनेर लेखिएको हुन्छ तर बाकस रित्तो हुने गरेको उनको गुनासो छ ।
खप्तड छान्ना गाँउपालिकाको छान्ना स्वास्थ्य चौकीमा त झन् बाकस नै भित्रपट्टी राखिएको छ । त्यो बाकस पनि खाली नै रहने गरेको स्थानीयले बताए ।
खिरातडी स्वास्थ्य चौकी, दहबगर स्वास्थ्य चौकी, रायल प्राथमिक स्वास्थ्य केन्द्र, मेलविसौना सुनिकोट, धमेना स्वास्थ्य चौकीलगायत सबैजसोमा कण्डम राख्ने बाकस भए पनि कुनै स्वास्थ्यचौकीका बाकसभित्र कण्डम छैनन् ।
स्वास्थ्य चौकीका ईन्चार्जहरुका अनुसार कण्डम राख्दा स–साना बालबालिकाहरुले दुरुपयोग गर्ने भएकाले नराखिएको हो ।
देख्दा सामान्य लाग्ने यो विषय निकै गम्भीर रहेको जिल्लाका जानकार ब्यक्तिहरु बताउँछन् । हाल बझाङ जिल्लामा दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र, ४५ वटा स्वास्थ्य चौकी, एउटा जिल्ला अस्पताल, ८ वटा सामुदायिक स्वास्थ्य ईकाई र ४ वटा सहरी स्वास्थ्य केन्द्र छन् ।
प्रतिक्रिया दिनुहोस्