२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


अमेरिकासँग वार्ता गर्न तयार छु : किम


0
Shares

परमाणु कार्यक्रमले दुई देशबीच दशकौंदेखि चिसिएको सम्बन्ध सुधार्न उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्न लागेको हो । वार्ता हुने स्थान र समयबारे भने अझै स्पस्ट भएको छैन ।

यसअघि पनि अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने चर्चा चलेपनि भएको थिएन ।

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे वा जुनमा उत्तर कोरियाली नेता किमसँग वार्ता हुने उल्लेख गरेका थिए ।

उत्तर कोरियाली परमाणु कार्यक्रमका कारण अमेरिका र दक्षिण कोरियाबीच चिसिएको सम्बन्ध सुधार्नकै लागि उत्तरले हालै दक्षिण कोरियामा भएको शीतकालीन ओलम्पिकमा आफ्ना खेलाडी पठाएर प्रयास थालेको थियो ।

यदि, किमले ट्रम्पलाई भेटेमा अमेरिकी इतिहासमै कुनै उत्तर कोरियाली राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई भेटेको पहिलो घटना हुनेछ । (एजेन्सी)