
बुधबार शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पोखरेलले विद्यार्थी भर्ना अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य सरकारको रहेको उल्लेख गरे ।
उनले केही समयभित्रै शिक्षा नीति बनाउन मन्त्रालयले गृहकार्य गरिरहेको बताए ।
मन्त्री पोखरेलले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण अभियान सन्चालनमा मन्त्रालय जुटिसकेको बताए ।
उनले आगामी केही दिनभित्रै प्रदेशमा दक्ष जनशक्ति पठाउने र विद्यालयमा आवश्यक पूर्वाधारको व्यवस्था गरिने जानकारी पनि दिए ।
यसअघि, उनले गत आइतबार सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरुसँग परामर्श गरी शिक्षा क्षेत्रका समस्याकाबारेमा सुझाव संकलन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्