२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेता नेपाल स्वदेश फिर्ता


0
Shares

सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धन : मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिइ उनी स्वदेश फर्किएको एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए ।

चार दिनसम्म चीनमा रहँदा उनले कार्यक्रमसँगै चिनियाँ उच्च अधिकारीसँग नेपालकाबारेमा छलफल र सान्सी प्रान्तको सियान विश्वविद्यालयमा रहेको नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गरेको सचिव रिजालले बताए ।

एमाले विदेश विभागका प्रमुख एवं पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी’ विषयमा आफ्नो धारणा राखेका थिए । रासस