
उतार–चढावबीच नेप्से ३ अंकले सकारात्मक रहेर १२ सय ७३ कामय भएर थामिएको हो । कारोबार भने खुम्चियो ।
कारोबार भएकामध्ये आधाभन्दा बढी समूह धनात्मक रहेसँगै नेप्से हरियो रहेको हो । बिमा, उत्पादनमूलक, जलविद्युत्, लघुवित्त अनि वाणिज्य बैंक समूह सकारात्मक रहेका हुन् ।
बिमा समूह सबैभन्दा उच्च ४२ अंकले बढ्यो । उत्पादनमूलक र जलविद्युत समूह पनि दोहोरो अंकले सुधारिँदा अरु समूह भने सामान्य अंकले हरियो रहेका हुन् । होटल, विकास बैंक, वित्त र अन्य समूह भने ओरालो लागे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५८ कम्पनीका ९ लाख ४५ हजार कित्ता सेयर जम्मा २९ करोड ३५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्