
गत २०१७ सेप्टेम्बरमा ४.७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको बैंकले यसलाई संशोधन गर्दै ४.९ प्रतिशत पुर्याएको हो ।
बजेट प्रस्तुत गर्दा सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखेको थियो भने पछि संशोधन गर्दै ६ प्रतिशत पुग्ने जनाएको छ ।
एडीबीले सरकारको अनुमानभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने जनाएको हो ।
यस्तै, मुद्रास्फीति ५.५ प्रतिशत पुग्ने एडीबीले जनाएको छ ।
नेपाल राष्ट्र बैंंकले यो वर्ष मूल्यवृद्धि ७ प्रतिशत भन्दा कम हुने आँकलन गरेको छ ।
स्थानीय एवं प्रदेश सरकारको खर्चमा वृद्धि र कमजोर राजस्व परिचालनका कारण बजेट घाटा बढ्नसक्ने एडीबीले जनाएको छ ।
यो वर्ष औद्योगिक वृद्धिदरमा असर गर्ने तर वित्तीय मध्यस्थता यात्रा तथा पर्यटन क्षेत्रको वृद्धिदर भने बढ्ने अनुमान एडीबीको छ ।
प्रतिक्रिया दिनुहोस्