
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१ निवासी ३५ वर्षीय प्रेम राई रहेका छन् ।
९ वर्षीय छोरा करणलाई साइकलमा पछाडि राखेर दक्षिणबाट आउँदै गरेका उनलाई सडक पार गर्नेक्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख १३७१ नम्बरको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते बनेका बाबुछोरालाई नै बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका लागि पुर्याइएपनि प्रेमको अस्पताल पुर्याएलगत्तै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।
घाइते छोराको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसका सहचालक मेचीनगर नगरपालिका–१० निवासी १६ वर्षीय विशाल कार्की डोले बसबाट झरेर गम्भीर घाइते बनेका छन् ।
बसले साइकललाई ठक्कर दिएपछि ब्रेक लगाउनेक्रममा बसको ढोकामा रहेका उनी बसबाट झरेको प्रहरीले जनाएको छ । उनको पनि बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यता, पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित सुरुंगा सडकखन्डमा बाटो काट्नेक्रममा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा३ख २१८८ नम्बरको बसले महिलालाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएकी महिलाको अस्पताल लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक महिलाको पहिचान भने खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्