
भक्तपुर, बैशाख २ । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि सुरु हुने जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ ।
जात्रामा बुद्वकृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाएका छन् । बुद्धकृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले उनको जिब्रो छेडिदिएका थिए ।
जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लगाएपछि बुद्धकृष्णले नाट्येश्वरको पूजा गरेका थिए । यसभन्दा अघि चारपटकसम्म जिब्रो छेडेका बुद्ध कृष्णले २०७४ सालदेखि पूनः जिब्रो छेड्न थालेका हुन ।
यो उनको छैठौं पटक हो । ब्रतसुरु भएपछि जिब्रो छेड्ने व्यक्तिले खाना खान नहुने, महिलालाई छुन नहुने, जुठो, सुतकपरेका मान्छेलाई छुन तथा बोल्न नहुने र कुकुर लगायतका जनावरहरुलाई समेत छुन नहुने परम्परा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्