
उनले कुनैपनि हालतमा दुई पार्टी एक हुने बताए ।
मंगलबार झापाको बिर्तामोडमा रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले गरेको पुरस्कार वितरण समारोहमा खनालले राजनीतिक आन्दोलन सकिएकाले मुलुक अब विकास र समृद्धिको चरणमा प्रवेश गर्ने उल्लेख गरे ।
कार्यक्रममा साहित्यकार मेघराज शर्मा नेपाल ‘मञ्जुल’लाई ‘अम्बिकादेवी ओली स्मृति साहित्य पुरस्कार’ प्रदान गरिएको थियो ।
यस्तै, बैतडीका कृषि वैज्ञानिक मदनराज भट्टलाई ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’, नवलपरासीकी सामाजिक अभियन्ता बालकुमारी जिसीलाई ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ प्रदान गरियो । ती पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, ५१ हजार १११ रुपैयाँ राशिको ‘देवी ओली राष्ट्रिय बाल पुरस्कार’ भक्तपुरको सीबीआर नामक संस्थालाई प्रदान गरिएको छ ।
वि.सं. २०६७ चैत २७ मा स्थापित सो संस्थाले प्रतिष्ठानका संस्थापक स्वर्गीय श्रीप्रसाद ओलीद्वारा आर्जित सम्पत्तिमध्ये एक करोड रुपैयाँको अक्षयकोष खडा गरी वर्षेनि पुरस्कार वितरण गर्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्