
त्यही दुई सम्पदास्थलसम्म पुग्नका लागि नयाँ पदमार्ग बनाउन विश्व सम्पदा उत्सव मूल समारोह समिति जुटेको छ ।
अन्तर्राष्ट्रिय सम्पदा दिवसका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायरदेखि स्वयम्भूसम्म ‘विश्व सम्पदादेखि विश्व सम्पदासम्म पदयात्रा’ भन्ने सन्देशसहित पदयात्रा हुन लागेको छ ।
नेपाल प्राचीन समयदेखि नै नेपाली कला, धर्म–संस्कृति, निर्माण शैली र बनोटका हिसाबले विश्वमै लोकप्रिय छ ।
नेपालमा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाबाहेक पनि थुप्रै ऐतिहासिक महत्व बोकेका सम्पदा छन्, जसबारे अहिलेको पुस्ता जानकार छैनन् ।
अहिले पनि काठमाडौंका गल्लीगल्लीमा त्यस्ता सम्पदा भेटिन्छन्, जुन ऐतिहासिक महत्वका त छन् तर जीर्ण अवस्थामा ।
वसन्तपुरदेखि स्वयम्भूसम्म नयाँ बन्ने पदमार्गले विश्व सम्पदास्थल हनुमानढोका, मरु गणेश, काष्ठमन्डप, मरु हिटी, सन्तानेश्वर महादेव, तेल मील, दमाइँ टोल, पाछेँ गल्ली, भुरुङखेल, डल्लु–चौतारा, भुइँखेललगायतका १९ ओटा ऐतिहासिक सम्पदा जोड्नेछ ।
यस अभियानमा काठमाडौं महानगरपालिका र उसमातहतका १५, १८, १९, २०, २३ र २४ गरी ६ ओटा वडाले सहकार्य गरेका छन् ।
अहिले यो पदमार्ग भइ वसन्तपुरबाट स्वयम्भूसम्म जाने स्थानहरुमा ललितकला क्याम्पसका विद्यार्थीहरुले नेपालको कला–संस्कृतिको झल्काउने चित्र बनाइरहेका छन् ।
एउटा विश्व सम्पदास्थलबाट अर्को विश्व सम्पदास्थलसम्म पुग्ने पदमार्ग बनाउन अन्यत्र कतै सम्भव नभएको विश्व सम्पदा उत्सव मूल समारोह समितिका सचिव डिल्लीरत्न तुलाधारको भनाइ छ ।
पर्यटन प्रवद्र्धन, भग्नावशेष भएका सम्पदालाई पुनःनिर्माण गर्ने र विस्थापित हुँदै गएका बस्तीलाई फेरि स्थापित गर्ने उद्देश्य पदमार्ग योजनाको छ ।
यस पदमार्गलाई निरन्तरता दिनसके नेपाल विश्वमा नै एउटा सम्पदाबाट अर्को सम्पदासम्म पुग्ने पदमार्ग भएको देशकारुपमा परिचित हुने पनि उनले बताए ।
पदमार्ग वरिपरि भूकम्पले क्षति पुर्याएका घरहरुको पुनःनिर्माणमा पनि सहयोग गर्ने उनको भनाइ छ ।
वडा नम्बर–२३ का वडाध्यक्ष मचाराजा महर्जन जनतासँग निर्वाचनको बेलामा गरिएको प्रतिबद्धता पूरा गर्न यस योजनाले सघाउने बताए ।
हिन्दु बाहुल्य वसन्तपुरदेखि र बौद्ध बाहुल्य स्वयम्भूसम्मको पदमार्गले दुई धर्मबीचको सुमुधुर सम्बन्धलाई झन् गाढा बनाउने उनको भनाइ छ ।
मन्दिरै–मन्दिरको सहरका नामले परिचित काठमाडौं प्राचीन कला र संस्कृतिले भरिपूर्ण रहेको स्थान हो । तर, तीन वर्षअगाडि गएको भूकम्पले ती सबै सम्पदालाई ध्वस्त बनाइदिएको छ ।
प्रतिक्रिया दिनुहोस्