२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नेपाली धागो उद्योगलाई प्रोत्साहन गर्न माग


0
Shares

खुला सीमाले भारतबाट चोरी–छिपी आउने धागोका कारण नेपाली उद्योगहरु संकटमा परेको भन्दै संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भन्सार विन्दुमा कडाइ गरी न्यून बिजकीकरणलाई निरुत्साहित गर्न माग गरेको हो ।

हाल भारतीय बजारबाट ठूलो परिमाणमा नेपाली बजारमा धागो ‘डम्प’ भइरहेकोप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई तत्काल रोक्न व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराए ।

यस्तै, संघले नेपालमा उत्पादित धागोहरु स्थलमार्ग फूलबारी बंगलावन्ध मार्ग भइ बंगलादेश निर्यात गर्ने वातावरण बनाउन पनि आग्रह गरेको छ ।

धागो उद्योगमा १५ अर्ब रुपैयाँ बराबर लगानी रहेको बताइएको छ ।

सरकारको साथ पाए अबको पाँच वर्षभित्र संघले करिब ५ लाख प्रत्यक्ष रोजगारीको सिर्जना गर्ने दावीसमेत गरेको छ ।