
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा चीनले ‘नाइन एन–एकेयू’ र ‘नाइन एन–एकेभी’ नामका दुई जहाज हस्तान्तरण गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपाल र चीनबीच सम्बन्ध बलियो पार्न जहाजले पनि महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले अबको तीन महिनाभित्र जहाज सन्चालनमा आउनुपर्ने बताए ।
निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकरले १७ सिट क्षमताका यी जहाजले चाँडै नै आन्तरिक उडान भर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्