१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


सुनको भाउ तोलाको ५९ हजार पुग्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार तोलाको ५८ हजार ८०० रुपैयाँमा स्थीर रहेको थियो ।

बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले उकालो लागेर तोलाको ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय ५४ डलर हाराहारीमा कारोबार भएको थियो ।